अन्तर्वार्ता

प्रधानमन्त्री ओली र विप्लवको राष्ट्रवादमा समानता छः खानेपानीमन्त्री थापा (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ माघ २१ गते १२:४७
प्रधानमन्त्री ओली र विप्लवको राष्ट्रवादमा समानता छः खानेपानीमन्त्री थापा (भिडियो कुराकानी)

२१ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्लवमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्टवादी सोच बनिरहेकाले उहाँहरु दुबैको चिन्तन मिल्ने बताउनुभयो । मन्त्री थापाले नेकपा क्रान्तिकारी माओवादीका महासिचव मोहन वैद्यले अध्ययन गरेको पूर्वीय दर्शन र प्रधानमन्त्री ओलीको विचार पनि समान रहेको बताउनुभयो ।

नख्खु कारागारमा रहेका प्रतिबन्धित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई हिजो कारागारमै गएर भेटेपछि मन्त्री थापाको यस्तो भनाइ आएको हो । वलीसँगको भेटपछि विप्लव समूह पनि राजनीतिको मूल प्रतिष्पर्धामा आउन चाहेको र त्यसका लाग सरकार र विद्रोही दुबै पक्षले वार्ताको वातावरण बनाउनु पर्ने थापाको भनाइ छ ।

विप्लव समूहले अंगीकार गरेको अहिलेको आन्दोलन र जंगलको राजनीति अहिलेको आवश्यकता नभएको मन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्