खेलकूद

साउथ ह्याम्पटनविरुद्ध म्यानचेस्टर युनाइटेडको फराकिलो जित

हिमालय टिभी
२०७७ माघ २१ गते ७:५८
साउथ ह्याम्पटनविरुद्ध म्यानचेस्टर युनाइटेडको फराकिलो जित

२१ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ ।

सन् १९९५ को इतिहास बराबरी गर्दै युनाइटेडले घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्पटनलाई ९–० गोल अन्तरले हराएको हो ।

म्यान्युका लागि खेलको १८ औं मिनेटमा बिसाकाले शुरुवाती गोल गरे । जेम्सले अतिरिक्त समयको अन्तिम मिनेटमा ऊोल गरेसँगै म्यानयु ९–० ले विजयी भयो ।

यसअघि म्यानयुले नै सन् १९५६ मा एन्डरलेक्टलाई १०–० ले हराएको थियो । जितसँगै म्यानचेस्टर युनाइटेड ४४ अंकसहित लीगको दोस्रो स्थानमा छ ।

समान ४४ अंक भएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । गएराति नै भएको खेलमा उल्भ्सले आर्सनललाई २–१ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्