खेलकूद

खेल क्षेत्रका प्रश्न प्रधानमन्त्रीका प्रतिप्रश्नै प्रतिप्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते ६:११
खेल क्षेत्रका प्रश्न प्रधानमन्त्रीका प्रतिप्रश्नै प्रतिप्रश्न (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्ले आज खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्नुका साथै सहभागीबाट केही लिखित प्रश्न पनि लिनुभयो । र, त्यहाँ भएको सवाल जवाफले मुलुक कसरी चलिरहेको छ भन्ने संकेत पनि गर्‍यो ।

मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्न लागेको वर्षौ भैसक्यो । तर अहिलेसम्म बन्न सकेको छैन । त्यसैले प्रधानमन्त्रीसँग सहभागीले प्रश्न सोधे मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ? लिखित प्रश्न पढेपछि प्रधानमन्त्री प्रतिप्रश्न गर्नुभयो अझै बनिसकेको छैन ? प्रधानमन्त्रीले यसो भन्दा हलमा हाँसो गुञ्जियो ।

मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो–धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

त्यति मात्रै होइन, १३औं दक्षिण एसियाली खेलकूद सागमा पदक जितेका खेलाडीलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गर्नुभयो ।। फेरि राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले अब ध्यान दिउँला भन्नुभयो ।

प्रधानमन्त्रीलाई अर्को प्रश्न थियो २०–२५ वर्षदेखि कर्मचारीको बढुवा नभएको । यसमा प्रधानमन्त्रीको जवाफ यस्तो थियो –

हलबाट पनि आवाज आयो । सदस्य सचिव सिलवालले पनि २०६३ सालदेखि बढुवा रोकिएको छ भनेर जानकारी गराएपछि प्रधानमन्त्रीले फेरि सोध्नुभयो २०–२५ वर्षदेखि बढुवा भएको छैन ?
त्यसपछि प्रधानमन्त्री ओलीले यसबारे पूर्ण रिपोर्ट पेस गर्न खेलकूदमन्त्रीलाई निर्देशन दिनुभयो ।
अर्को प्रश्न थियो, सातै प्रदेशमा एकएक रंगशाला बनाउने भनिएको थियो, रकम अभावले दशौं वर्ष लाग्ने भयो ।

प्रधानमन्त्रीको प्रतिक्रिया उही थियो, अझै बनिसकेको छैन त्यो ?

मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्