खेलकूद

महिला लीग फूटबलमा चन्द्रपुर वालिङ नगरपालिकासँग ३–० ले पराजित

हिमालय टिभी
२०७७ माघ २० गते १७:४०
महिला लीग फूटबलमा चन्द्रपुर वालिङ नगरपालिकासँग ३–० ले पराजित

२० माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा वालिङ नगरपालिकाले दोस्रो जित हात पारेको छ । उसले आज चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि तीन गोल नै विदेशी खेलाडीले गरे । मेथो रुथले दुई गोल गर्दा एक गोल टोउटा ओर्नेलाको नाममा रह्यो ।

३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै वालिङलाई अग्रता दिलाइन् । पहिलो हाफको अन्तिम मिनेटमा मेथोले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गरिन् ।

जीतसँगै ६ खेलमा ८ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक नै रहेपनि पुलिस गोल अन्तरमा अघि छ । पाँचौ हार व्यहोरेको चन्द्रपुर ३ अंक सहित छैटौं स्थानमा छ । लिगमा भोली पहिलो राउन्डका अन्तिम दुई खेल हुँदैछ ।

पहिलो खेलमा चौदन्डीगढी नगरपालिका र त्रिभुवन आर्मी फुटबल क्लब तथा दोस्रोमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्