सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग कोरोना पीडित व्यवसायीको माग
२० माघ २०७७ काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित व्यवसायी संघर्षमा उत्रिएका छन् ।
उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको, निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको तथा मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको उनीहरुको गुनासो छ ।
उनीहरुले बैंकले अत्याचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन ।
मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी काम गरेर खाने वातावरण बनाइदिन व्यवसायीको माग छ ।
भोलिसम्म शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन ।
प्रतिक्रिया