खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आज वालिङ र चन्द्रपुर नगरपालिका भिड्दै

हिमालय टिभी
२०७७ माघ २० गते ७:४०
राष्ट्रिय महिला लीग फूटबलमा आज वालिङ र चन्द्रपुर नगरपालिका भिड्दै

२० माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज एक खेल हुँदैछ ।

प्रतियोगिताअन्तर्गत आज स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुबै टोली आज दोस्रो जितको खोजीमा मैदान ओर्लने छन् । अहिलेसम्म पाँच खेल खेलेका दुबै टोलीले एकएक खेल मात्रै जितेका छन् ।

तालिकाको पाचौं स्थानमा रहेको वालिङले एकमा जित, दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ भने छैठौं स्थानको चन्द्रपुरले एकमा जित र चारमा हार भोगेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्