आर्थिक

देशकै ठूलो सवस्टेशन सञ्चालनमा अब के-के फाइदा हुन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते ६:११
देशकै ठूलो सवस्टेशन सञ्चालनमा अब के-के फाइदा हुन्छ ? (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ धनुषा । देशको हालसम्मकै सबै भन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेसन आजदेखि सञ्चालनमा आएको छ । नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको निर्माण भएको हो । यसले देशभरी विद्युत आपुर्ति सहज हुने तथा नेपाल र भारतबीचको विद्युत् व्यापारमा समेत नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सवस्टेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

ढल्केबरको सवस्टेसनमा १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएको छ । कुल ४ सय र २ सय २० केभी क्षमताको सबस्टेसनमा ३ सय १५ एमभीए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छ।

४ सय केभी सब–स्टेसनबाट करिब ९ सय मेगावाट विद्युत् ४ सय केभी र २ सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ । २ अर्ब २२ करोड रुपैयाँको लागतमा बनेको सवस्टेसनमा जीआईएस प्रविधि प्रयोग गरिएको छ । सवस्टेसन सञ्चालनमा आएसँगै अब विद्युत वितरणमा सहज हुनेछ ।

यो सब स्टेशनका कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन हुने बिजुली निर्यात गर्न समेत सहज हुनेछ । ढल्कबेर सबस्टेसनलाइ देशभरी नै विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि महत्पपुर्ण कडिका रुपमा हेरिएको छ ।

वर्षामा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत भारतमा सिधै निर्यात गर्न सकिनेछ । यसले नेपालको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजता पनि थपिदिएको छ । आयोजना सम्पन्न भएसंगै भारत र नेपाल बीच भएको इनर्जी बैकिङको सम्झौतालाई समेत कार्यान्यवनको बाटो पनि खुलेको छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *