आर्थिक

भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो

हिमालय टिभी
२०७७ माघ १९ गते १८:३१
भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो

१९ माघ २०७७ नयाँ दिल्ली । भारतले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ ।

आर्थिक वर्ष २०२१–२२ का लागि वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेट अनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारतीय रुपैयाँले बढेको छ ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अर्थात १५ अर्ब ८७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।

यसअघि भारतले नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । सन २०१९–२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड रुपैयाँ थियो । गत वर्ष कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारिएको थियो । तर आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदान बढाइएको छ ।

भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ ।

आंकडा अनुसार २०२१–२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउनेछ । चालु आर्थिक वर्षमा भुटानले २२ अर्ब ६१ करोड पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *