खेलकूद

कीर्तिमानी खेलाडी श्रेष्ठद्वारा टेबल टेनिस एकेडेमी सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते १७:३५
कीर्तिमानी खेलाडी श्रेष्ठद्वारा टेबल टेनिस एकेडेमी सञ्चालन (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । कीर्तिमानी टेबल टेनिस खेलाडी नविता श्रेष्ठले टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् ।

उनले काठमाडौंको खुसिबूमा स्ट्याग च्याम्पियन्स एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । एकेडेमीको आज नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल टेबल टेनिस एसोसिएसनका अध्यक्ष चतुरानन्द राजवैद्यले उद्घाटन गरेका हुन् ।

आठ पटकका राष्ट्रिय च्याम्पियन नविताले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ एकेडेमी सुरु गरेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संचालनमा आएको एकेडेमीमा ६ वटा टेबल टेनिस बोर्ड राखिएको छ । कुल ३५ लाख रुपैयाँ लागतमा निर्माण भएको एकेडेमीमा ११ खेलाडी आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्