खेलकूद
महिला लीग फूटबलमा आर्मीसँग विराटनगर महानगर ७–० गोलले पराजित
२०७७ माघ १९ गते १४:५६

१९ माघ २०७७ काठमाडौं । विराटनगर महानगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मीले विराटनगरलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् ।
त्यस्तै विमला चौधरीले दुई तथा रश्मी घिसिङ र विमला विकले एक एक गोल गरिन् । आर्मीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी लीगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो खेलमा अहिले एपीएफ र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया