खेलकूद

नेपालले कतारसँग खेल्ने भनिएको ट्वेन्टी-ट्वेन्टी सिरिज स्थगित

हिमालय टिभी
२०७७ माघ १९ गते १४:३८
नेपालले कतारसँग खेल्ने भनिएको ट्वेन्टी-ट्वेन्टी सिरिज स्थगित

१९ माघ २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग खेल्ने भनिएको ट्वेन्टी ट्वेन्टी सिरिज स्थगित भएको छ ।

कोरोना प्रोटोकलका कारण कतार सरकारले स्वीकृतिनदिँदा नेपाली टोलीको भ्रमण स्थगित गरिएको हो । पछिल्लो समयमा कोरोना संक्रमित बढिरहेको भन्दै कतार सरकारले भ्रमणलाई कडाइ गरेको छ ।

साथै कतार सरकारले कतार स्पोर्टस डेमा हुने अन्य खेलहरु पनि स्थगित गरेको छ । क्यानले गत साता मात्र कतार स्पोर्टस डेका अवसरमा हुने लागेको ट्वेन्टी ट्वेन्टी सिरिजमा राष्ट्रिय क्रिकेट टोलीलाई सहभागी गराउने निर्णय गरेको थियो ।

फेब्रुअरी ९ देखि १२ सम्म हुने सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आजदेखि काठमाडौंमा गर्ने क्यानको तयारी थियो । खेल स्थगित भएसँगै नेपाली टोलीको बन्द प्रशिक्षण पनि स्थगित गरिएको क्यानले जनाएको छ । ११ महिनापछि नेपालले खेल्न लागेको अन्तर्राष्ट्रिय खेलका लागि क्यानले खेलाडी छनोट समेत गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्