खेलकूद

कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण गर्दै

हिमालय टिभी
२०७७ माघ १९ गते ९:३०
कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण गर्दै

१९ माघ २०७७ काठमाडौं । कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण शुरु गर्दैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि आजबाट प्रशिक्षण गर्न लागेको हो । कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले बोलाएको टिममा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावाकर र वसन्त रेग्मी परेका छैनन् । तर, क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षण लागि बोलाएको छ ।

अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् । यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

नेपाल र कतारबीचको बाइल्याट्रल टी–ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्