खेलकूद

स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र बार्सिलोना विजयी

हिमालय टिभी
२०७७ माघ १९ गते ९:१२
स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र बार्सिलोना विजयी

१९ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

ला लिगाको गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एट्लेटिकोले काडिजमाथि ४–२ गोलको जित निकालेको हो । अवे मैदानमा एट्लेटिकोले २८औं मिनेटमा लुइस स्वारेजको गोलसँगै अग्रता बनायो । तर त्यसको सात मिनेटमै काडिजका अल्भारो एनग्रेडोले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि एट्लेटिकोका लागि ४४औं मिनेटमा साउल निगुज र ५० औं मिनेटमा स्वारेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल थपेका थिए । तर ७१औं मिनेटमा एनग्रेडेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३(२ को स्थितिमा पुग्यो । ८८औं मिनेटमा कोकीले गोल गरेपछि एट्लेटिको समग्रमा ४–२ ले विजयी भयो । एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ ।

त्यस्तै एथ्लेटिको बिल्बाओलाई २–१ ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो । घरेलु मैदानमा बार्सिलोनाका लागि २०औं मिनेटमा लियोनल मेस्सी र ७४औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए ।

त्यस्तै ४९औं मिनेटमा बार्सिलोना जोर्डी अल्वाले आत्मघाती गोल गरेका थिए । जितसँगै बार्सिलोनाले २० खेलबाट ४० अंक बनाएको छ ।

उता २० खेलबाट समान ४० अंक नै रहेको साविक विजेता रियल मड्रिड तेस्रो स्थानमा खस्किएको छ । ला लिगा अन्तर्गत नै गएराति ग्रानाडा र सेल्टा भिगो तथा गेटाफे र अलाभेस गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्