राजनीति

ओली विदेशी र राजावादीको योजनामा चलेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १८:२०
ओली विदेशी र राजावादीको योजनामा चलेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजावादी र विदेशीको योजनामा चलेको आरोप लगाउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा किसान महासंघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादी र विदेशीको योजनामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको गम्भीर आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेतामाथि भारतको इशारामा काम गरेको आरोप लगाइरहेका बेला प्रचण्डले पनि घुमाउरो ढंगले प्रधानमन्त्रीमाथि भारतको योजनामा संसद भंग गरेको आरोप लगाउनुभएको छ ।

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओली भएभरको शक्ति लगाएर आफुतर्फ मान्छे तान्ने प्रयासमा रहेपनि असफल भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले धाकधम्कीमै उत्रेको उहाँको आरोप छ ।

प्रचण्ड र नेपालले संसद विघटनविरुद्धको संघर्षमा सक्रियतापूर्वक सहभागी हुन र किसानलाई सहभागी बनाउन नेताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्