तेह्रथुमे ढाका, आधुनिकीकरणसँगै यसरी व्यावसायिक बन्दै (भिडियो रिपोर्टसहित)
१८ माघ २०७७ तेह्रथुम । ढाकाको कपडा भनेपछि तेह्रथुमको नाम अग्रणी स्थानमा आउँछ । ढाका कपडाले तेह्थुमको पहिचान मात्र गराएको छैन् धेरैलाई व्यवसायिकसमेत बनाएको छ । सदरमुकाम म्याग्लुङ, ग्रामीण बजार तथा गाउँहरुमा तानमा बुनिएको ढाका कपडा अनेकन डिजाइनमा देशविदेशका बजारमा पुगेका छन् ।
तेह्रथुममा खाडीका कपडा बुन्ने परम्परालाई आधुनिकीकरण गरिएको छ । ढाकाबाट साडी, कुर्ता सुरुवाल, चौबन्दी चोली, दौरा सुरुवाल, कोट, झोला टोपी, पर्स लगायतका पहिरन बनाइन्छ । यो व्यवसायले धेरैलाई रोजगारी दिएको छ । यसबाट महिला कामदारले राम्रो आम्दानी पनि गरेका छन् ।
तेह्रथुममा उत्पादित ढाका विराटनगर, धरान, काठमाडौंजस्ता शहरमा मात्रै नभएर विदेशमा समेत निर्यात हुने गरेको छ । यसले व्यवसायीहरुलाई हौस्याएको छ । ठाउँठाउँमा ढाका उद्योग सञ्चालनमा छन् । घरमा पनि फुर्सदमा काम गर्ने गरी कपडा बुन्ने तान राखिएको छ ।
थोरै लगानी गरेर पनि तानमा कपडा बुन्न सकिन्छ । तेह्रथुम ‘एक घरमा एक तान’ भन्ने अवधारणले पूर्णता पाउँदै गएको छ ।
तेह्रथुमबाट सीप सिकेर विभिन्न ठाउँमा पुगेकाले पनि ढाका उत्पादन गर्ने गरेका छन् । ढाका उद्योगलाई थप व्यावसायिक बनाउन राज्यले थप सहयोग गर्नु पर्ने व्यवसायीको माग छ ।
घरेलु उद्योगको रुपमा रहेको ढाका व्यवसायलाई थप व्यवस्थित गरी व्यावासयिकरण, क्षमता विकासका लागि तीनै वटा सरकारले ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया