खेलकूद

इंग्लिस प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै

हिमालय टिभी
२०७७ माघ १८ गते ७:२२
इंग्लिस प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजयी यात्रा कायमै

१८ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले विजयी यात्रा कायमै राखेको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सिटीले रेलिगेसन जोनको सेफिल्ड युनाइटेडलाई १–० ले हराएको हो । घरेलु मैदानमा सिटीको जितमा गेब्रियल जिससले गरेको एक मात्र गोल नै निर्णायक रह्यो ।

उनले खेलको नवौं मिनेटमा फेरान टोरेसको पासमा गोल गरेका थिए । त्यसपछि पनि सिटीले गोल गर्ने दुईवटा अवसर खेर फालेको थियो । जितपछि सिटीले आफ्नो अपराजित यात्रा कीर्तिमानी १२औं खेलसम्म कायमै राख्न सफल भएको छ । सिटीले २० खेलबाट ४४ अंक जोडेको छ ।

लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा एष्टन भिल्लाले साउथह्याम्टनलाई र क्रिष्टल प्यालेसले उल्भ्सलाई समान १–० ले तथा न्यूक्यासल युनाइटेडले एभर्टनलाई २–० ले हराए ।

त्यस्तै फूलह्याम र वेष्टब्रोम दुई(दुई तथा आर्सनल र म्यानचेष्टर युनाइटेड गोलरहित बराबरी रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्