आर्थिक
आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार (भिडियो रिपोर्टसहित)
२०७७ माघ १७ गते १९:१५
१७ माघ २०७७ काठमाडौं । निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको छ ।
काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघका अध्यक्ष रामबहादुर गुरुङले सबै पक्षसँग अन्तर्क्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको बताउनु भयो ।
उहाँले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा र आगामी पाँच वर्षमा ७ खर्ब पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।
अध्यक्ष गुरुङले निर्यात बढाउन महासंघले सरकार र व्यवसायी बीच समन्वय गर्ने समेत बताउनुभयो ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया