खेलकूद

एपीएफ क्लब महिला लीग फूटबलको शीर्ष स्थानमा कायमै

हिमालय टिभी
२०७७ माघ १७ गते १७:१८
एपीएफ क्लब महिला लीग फूटबलको शीर्ष स्थानमा कायमै

१७ माघ २०७७ काठमाडौं । एपीएफ क्लब राष्ट्रिय महिला लीग फूटबलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा कायम छ ।

आज भएको खेलमा एपीएफले वालिङ्ग नगरपालिकालाई ३–० ले हरायो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले ३ र प्रिती राईले एक गोल गरे । यो एपीएफको लगातार पाँचौँ जित हो । र उसको ५ खेलबाट १५ अंक भएको छ ।

यसअघि आजै भएको अर्को खेलमा चौदण्डी नगरपालिकालाई हराउँदै विराटनगर महानगरपालिका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज विराटनगरले चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले हरायो ।

विराटनगरको जितमा अनु राईले दुई गोल तथा मनिषा राई, पार्वती घले, इमा राई र मनिषा थापा मगरले एक(एक गोल गरे । २१औं मिनेटमा अनु राईको गोलबाट विराटनगरले अग्रता बनाएको थियो । ३६औं मिनेटमा अनुले नै विराटनगरको अग्रता दोब्बर बनाइन् । ३९ औं मिनेटमा इमाले ४३औं मिनेटमा मनिषाले गोल गरेपछि विराटनगरले पहिलो हाफअघि ४–० को अग्रता लियो ।

दोस्रो हाफमा विराटनगरले दुई गोल थप्यो । ८२ औं मिनेटमा कुशुम र ८३औं मिनेटमा पार्वतीले गोल गरेपछि विराटनगर फराकिलो अन्तरको विजयी भयो । प्रतियोगितामा चौदण्डीगढीको यो लगातार चौथो हार हो । विराटनगरले चार खेलबाट सात अंक बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्