आर्थिक

रोल्पामा उत्पादित अल्लोका धागो र कपडाले बजार पाएन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १६:५३
रोल्पामा उत्पादित अल्लोका धागो र कपडाले बजार पाएन (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ रोल्पा । सरकारले गरेको लामो लकडाउनपछि रोल्पाका अल्लो धागो तथा कपडा उद्यमी पनि समस्यामा परेका छन् । लकडाउन खुकुलो भएसँगै अन्य व्यापार, व्यवसाय पुरानै अवस्थामा फर्किन थालेको छ । तर, रोल्पामा उत्पादित अल्लो धागो र कपडाले पहिले जस्तो बजार पाउन सकेको छैन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्वर २ राँसीकी देउकुमारी डाँगीले सदरमुकाम लिबाङमा अल्लोको धागो तथा अल्लोका कपडा उत्पादन गर्न थालेको ७ वर्ष भयो । पहिले जस्तो माग छैन् ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडलाउने ६ महिनाभन्दा बढी उद्योग बन्द भयो । लकडाउन खुकुलो भएसँगै उद्योग सञ्चालन भए पनि अल्लो धागो तथा कपडाको माग पहिले जस्तो छैन् ।

रोल्पा नगरपालिका वडा नम्वर ४ की रुपमा सेन ठकुरीले पनि लिबाङ अल्लो धागो तथा कपडा उत्पादन गर्दै आउनु भएको छ । यहाँका उद्यमीले ढाका तथा अल्लोका कोट, झोला, टोपी, पटुका, सल निर्माण गर्छन् । जसबाट स्थानीय स्तरमा उत्पादित कच्चापदार्थले बजार पाएको थियो । तर लामो समय उद्योग बन्द भएपछि स्थानीय कच्चापदार्थको पनि पुर्णरुपमा सदुपयोग हुन सकेको छैन् ।

घरेलु तथा साना उद्योग कार्यालयले निरन्तर काम गर्दै आएका उद्यमीलाई प्रविधि सहयोग गर्ने बताएको छ । यहाँ उत्पादित धागो तथा कपडाजन्य सामग्री नेपालगञ्ज, बुटवल काठमाडौं तथा भारतमा समेत निर्यात हुने गरेको छ । रोल्पामा वार्षिक चार करोडसम्मको अल्लो धागो तथा कपडा उत्पादन हुने गरेको थियो ।

अल्लो धागो तथा कपडा उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भांगो, सिस्नो, पुवा प्रशस्त मात्रामा पाइने भएपछि यो व्यवसाय पछिल्लो समय रोल्पाका गाउँ–गाउँका फस्टाएको छ । तर उत्पादनले बजार नपाउँदा व्यवसायी समस्यामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *