आर्थिक

पोखरा महानगरले दियो किसान परिचयपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १६:३८
पोखरा महानगरले दियो किसान परिचयपत्र (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ कास्की । पोखरा महानगरपालिकाले किसानलाई परिचयपत्र दिन थालेको छ । महानगरले पहिलो चरणमा महानगरले २ सय ८८ किसानलाई परिचय पत्र वितरण गरेको छ । परिचयपत्रका आधारमा किसानलाई सहुलियत दिने महानगरको योजना छ ।

पोखरा महानगरपालिकाले महानगरभित्र पशुपंक्षी पालन गरिरहेका व्यावसायिक किसानलाई कृषक परिचय पत्र प्रदान गरिएको छ । कृषक परिचयपत्रका लागि महानगरले कार्यविधिनै बनाएको र किसानको वर्गीकरण गरेको छ । किसानको लगानी, उत्पादन र कारोवारको आधारमा साना व्यावसायिक कृषक, व्यवसाय उन्मुख कृषक, व्यावसायिक कृषक, उद्यमी कृषक, विशिष्ट कृषक गरि ५ वर्गमा वर्गीकरण गरिएको छ ।

महानगरले निर्धारण गरेको मापदण्ड पुरा गरेर व्यावसायिक उत्पादन गरी दर्ता भएका फर्मलाई महानगरले सूचीकृत गरेको छ । सरकारी अनुदान हुने खानेले मात्र प्राप्त गर्ने गरिखाने किसानले पाउन नसक्ने अवस्था छ, त्यसैलाई तोड्न कृषक परिचयपत्र वितरण गरिएको हो ।

वषौंदेखि परिचयपत्रको माग गरेका किसान महानगरबाट परिचयपत्र पाउँदा खुशी छन् । परिचय पत्र बुझेका किसान सरकारले दिने अनुदान लगायतका सुविधा प्राप्त गर्न सहज हुने र वास्तविक किसानले सुविधा पाउने आशा गरेका छन् ।

पोखरा महागरबाट शुरु भएको यो परिचयपत्र वितरणलाई गण्डकी प्रदेशभर बनाउने प्रदेश सरकारको योजना छ ।

पोखरा महानगरपालिकाले वितरण गरेको कृषक परिचय पत्रले किसानमा उत्साह थपेको छ । व्यवसायमा लाग्न थप हौसला मिलेको बताउने किसानले सरकारले प्रदान गर्ने सुविधा पनि वर्गीकरणका आधारमा वितरण हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *