विदेश

बंगलादेशको विवादास्पद टापुमा रोहिंग्या शरणार्थी स्थानान्तरण

हिमालय टिभी
२०७७ माघ १७ गते ९:३२
बंगलादेशको विवादास्पद टापुमा रोहिंग्या शरणार्थी स्थानान्तरण

१७ माघ २०७७ ढाका । बंगालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा हजारौं रोहिंग्या शरणार्थीलाई विवादास्पद टापूमा स्थानान्तरण गरिएको छ ।

विवादास्पद टापूमा एक हजार ७ सय ५० जना शरणार्थीलाई सारिएको बंगलादेशका अधिकारीहरूले पुष्टि गरेका छन् । टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनि कतिपय शरणार्थी र मानव अधिकारवादी समूहले बताइरहेको समयमा बंगलादेश सरकारको यस्तो निर्णय आएको हो ।

म्यानमारको सिमानामा रहेको बंगलादेशको कोक्स बजारस्थित शिविरबाट हिजो र आज गरी करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले बताएका छन् ।

उता शरणार्थी स्थानान्तरण गर्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको दाबी छ।

सन् २ हजार १७ मा बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएपछि मुसलमान समुदायबाट विस्थापित करिब १० लाख रोहिंग्या बंगलादेश, भारत, नेपाल, मलेसिया, इण्डोनेसिया लगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्याङ्कमा उल्लेख छ ।

करिब एक लाख शरणार्थीलाई भसन चार टापूमा बनाइएको शिविरमा सार्ने बंगलादेश सरकारको योजना बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *