खेलकूद
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि एपीएफ र आर्मी भिड्दै
२०७७ माघ १७ गते ७:२४
१७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी चौथो प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुन लागेको हो ।
पहिलो सेमिफाइनलमा एपीएफले साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो ।
यस्तै आर्मीले बागमती प्रदेशमाथि ९४ रनको शानदार जितसहित फाइनल यात्रा तय गरेको थियो । दुबै क्लबले यसअघि एक(एक पटक उपाधि उचालिसकेका छन् ।
एपीएफका कप्तान शरद भेष्वाकर र आर्मीका कप्तान विनोद भण्डारी हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने खेल विहान ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया