राजनीति

संसद बैठक बोलाएर ओलीमाथि कारबाही गर्ने प्रचण्ड–नेपाल समूहको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते १९:१६
संसद बैठक बोलाएर ओलीमाथि कारबाही गर्ने प्रचण्ड–नेपाल समूहको चेतावनी (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताले जनताको आन्दोलनको बलले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतालाई ढाल्ने बताएका छन् ।

विराटनगरमा आज आयोजित सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । अध्यक्ष प्रचण्डले सभामुखले संसद बैठक आब्हान गर्ने र सांसद उपस्थित भएर प्रधानमन्त्रीलाई कार्वाही गर्ने हदसम्म जाने दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधानको अधिकार प्रयोग गर्नु अगाडी सर्वोच्च अदालतको निर्णय पर्खेर बसेको बताउनुभयो । उहाँले संविधान नभइ प्रधानमन्त्री ओलीले संविधान नै विघटन गरेको आरोप पनि लगाउनुभयो ।

अर्का अध्यक्ष माधवकुमार नेपालले ओली समूहलाई निर्वाचन आयोगले धक्का दिएको दाबी गर्नुभयो । त्यसैले अहिले ओली समूहमा शोकको माहोल रहेको उहाँको दाबी छ ।

देशमा यसअघि ठुलाठुला तानाशाह पराजित भएको भन्दै अध्यक्ष नेपालले केपी ओलीको तानाशाही पनि नटिक्ने बताउनुभयो । सभामा वरिष्ठ नेता झलनाथ खनालले केपी ओली आधुनिक युगका सकुनी भएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता खनालले केपी ओलीसँग पार्टी फुटाउने संख्या नभएको भन्दै नेकपा कानूनी रुपमा विभाजित हुन नसक्ने तर्क गर्नुभयो । सभा अघि विराटनगरका विभिन्न स्थानबाट जुलुस निस्किएका थिए । प्रदर्शन र सभामा उल्लेख्य जनसहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्