खेलकूद

शर्मिला र रश्मीको ह्याट्रिकमा चन्द्रपुरविरुद्ध आर्मीको १०–० गोल अन्तरको जित

हिमालय टिभी
२०७७ माघ १६ गते १६:३९
शर्मिला र रश्मीको ह्याट्रिकमा चन्द्रपुरविरुद्ध आर्मीको १०–० गोल अन्तरको जित

१६ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले आज चन्द्रपुर नगरपालिकालाई १०–० को फराकिलो अन्तरले हराएको छ । आर्मीको ठुलो जीतमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक गरे ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीलाई फराकिलो जीत दिलाउने क्रममा शर्मिला एक्लैले पाँच गोल गरिन् । रश्मीले तीन तथा विमला चौधरी र सपना लामाले एक एक गोल गरे ।

जीतसँगै आर्मी लीग तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुरविरुद्ध एकपक्षीय जीत निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

शर्मीलाले १५, ३५, ५१, ६४ र ८४ औं मिनेटमा गोल गरेकी थिइन । यस्तै रश्मीले ५९, ६२ र
६६ औ मिनेटमा गोल गरिन । सपनाले ४५ औं मिनेटमा गरेकी थिइन । आर्मीले ४ खेलबाट ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक सहित छैटौं स्थानमा छ ।

लीगमा भोलि विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका तथा वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्