साझा पसल सेवा सहकारी संस्थाद्वारा इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालन
१६ माघ २०७७ काठमाडौं । साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर आज देखि सञ्चालनमा ल्याएको छ ।
संस्थाको पुल्चोकस्थित कार्यालयमा आज आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो ।
यसअघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर भित्र्याएको हो ।
२० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताउनुभयो ।
इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको बताउँदै कार्यकारी निर्देशक पौडेलले कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार रहेको बताउनुभयो । नयाँ ट्यांकरहरुले आजदेखि नै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया