खेलकूद

टोटेनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लीगको शीर्ष चारमा

हिमालय टिभी
२०७७ माघ १६ गते ७:५०
टोटेनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लीगको शीर्ष चारमा

१६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुलले टोटेनह्मयालाई पराजित गर्दै अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

गएराति भएको खेलमा लिभरपुलले टोटेनह्यामलाई उसैको मैदानमा ३–१ ले हराएको हो । लिभरपुलको जितमा फिरमिन्हो, अलेक्जेन्डर अर्नओल्ड र मानेले गोल गरे ।

टोटेनह्यामका लागि होज्बर्गले सान्त्वना गोल गरे । जितपछि लिभरपुल ३७ अंक सहित लीगको चौथो स्थानमा उक्लिएको छ । पराजित टोटेनह्याम ३३ अंकसहित लीगको छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्