खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज दोस्रो सेमिफाइनल खेल हुँदै

हिमालय टिभी
२०७७ माघ १५ गते ७:३८
प्रधानमन्त्री कप क्रिकेटमा आज दोस्रो सेमिफाइनल खेल हुँदै

१५ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुँदैछ ।

दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुन लागेको हो । बागमती समूह बी को विजेता र आर्मी समूह ए को उपविजेता टोली हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान नौ बजे हुनेछ । आजको विजेताले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफले साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्