खेलकूद

दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड सेफिल्ड युनाइटेडसँग स्तब्ध

हिमालय टिभी
२०७७ माघ १५ गते ७:३५
दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड सेफिल्ड युनाइटेडसँग स्तब्ध

१५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड पराजित भएको छ ।

लीग अन्तर्गत गएराति रेलिगेशन जोनको सेफिल्ड युनाइटेडले म्यानचेष्टर युनाइटेडलाई २–१ ले स्तब्ध बनाएको हो । म्यान्युको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सेफिल्डले २३औं मिनेटमा किन ब्रायनको गोलसँगै अग्रता बनायो ।

तर ६४औं मिनेटमा म्यानयुका ह्यारी माक्युरीले गोल गर्दै खेल १–१ को बराबरी गरे । त्यसको दश मिनेटपछि नै ओलिभर बुर्केले गोल गरेपछि सेफिल्डले खेलमा २–१ गोलको अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

हारसँगै युनाइटेडले शीर्ष स्थानमा उक्लिने मौका समेत गुमाएको छ । म्यानयुले २० खेलबाट ४० अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको १९ खेलबाट ४१ अंक छ ।

उता सेफिल्ड २० खेलबाट मात्र ८ अंक जोड्दै तालिकाको पुछारमा छ । लीग अन्तर्गत नै अर्को खेलमा बर्नलीले एष्टन भिल्लालाई ३-२ गोलले हरायो । यस्तै लेष्टर सिटी र एभर्टन एकएक अनि चेल्सी र उल्भ्स तथा ब्राइटन र फूलह्याम गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्