आर्थिक

एमसीसी नआए आफ्नै लगानीमा प्रशारण लाइन परियोजना कार्यान्वयन गर्नुपर्छः उपाध्यक्ष कँडेल

हिमालय टिभी
२०७७ माघ १४ गते १३:२३
एमसीसी नआए आफ्नै लगानीमा प्रशारण लाइन परियोजना कार्यान्वयन गर्नुपर्छः उपाध्यक्ष कँडेल

१४ माघ २०७७ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा प्रशारण लाईन परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैँ गलत हो की भन्ने भ्रम उत्पन्न भएको उपाध्यक्ष कँडेलले बताउनुभयो । परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकाले परियोजना रोक्न नहुनेमा उहाँले जोड दिनुभयो ।

एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकाले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले एमसीसी परियोजनालाई आयोगले १५ औं योजनामा समावेश गरेको पनि स्पष्ट पार्नु भएको छ । ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *