खेलकूद

थोमस टुचेल चेल्सीको मुख्य प्रशिक्षक नियुक्त

हिमालय टिभी
२०७७ माघ १४ गते ७:४७
थोमस टुचेल चेल्सीको मुख्य प्रशिक्षक नियुक्त

१४ माघ २०७७ काठमाडौं । थोमस टुचेल चेल्सीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि चेल्सीले टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

तर, चेल्सीले उनलाई सम्झौता बढाउनका लागि विकल्प समेत दिएको छ । पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक टुचेल सन् २ हजार ३ पछि चेल्सीको प्रशिक्षक हुने ११ औं प्रशिक्षक हुन् ।

जर्मन प्रशिक्षक टुचेलले पीएसजीलाई दुई पटक लीगको उपाधि दिलाएका थिए । यस्तै फ्रेञ्च कप र फ्रेञ्च लीग कपसमेत जिताएका छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टोलीसँग काम गर्न निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्