खेलकूद

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ माघ १४ गते ७:४४
म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

१४ माघ २०७७ काठमाडौं । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत गएराति वेष्ट ब्रोममाथि ५–० को शानदार जितसहित सिटीले शीर्ष स्थान कब्जा गरेको हो । अवे मैदानमा सिटीले छैठौं मिनेटमै इल्के गुण्डोगानको गोलबाट अग्रता बनायो ।

२०औं मिनेटमा जाओ कान्सिलोले सिटीको अग्रता दोब्बर पारे । ३० औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले खेलमा ३–० को अग्रता बनायो । त्यसपछि सिटीका लागि इञ्जुरी समयमा रियाद महरेज र ५७ औं मिनेटमा रहिम स्टरलिङ्ले एक(एक गोल थपेका थिए ।

जितसँगै सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ । उता दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको समान खेलबाट ४० तथा तेस्रो स्थानको लेष्टर सिटीको ३८ अंक छ ।

लीग अन्तर्गत गएराति नै वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–२, आर्सनलले साउथह्याम्टनलाई ३–१ तथा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई २–१ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्