खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आजदेखि सेमिफाइनल खेल शुरु हुँदै

हिमालय टिभी
२०७७ माघ १४ गते ७:३६
प्रधानमन्त्री कप क्रिकेटमा आजदेखि सेमिफाइनल खेल शुरु हुँदै

१४ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्न लागेका छन् । एपीएफ समूह ए को विजेता र पुलिस समूह बी को उपविजेता टोली हुन् ।

एपीएफका कप्तान शरद भेष्वाकर र पुलिसका कप्तान म‌ंजित श्रेष्ठ हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान नौ बजे हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा भोलि बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्