आर्थिक

भन्सार चुहावट रोक्न सहयोग गर्न निजी क्षेत्रसँग मन्त्री पौडेलको आग्रह

हिमालय टिभी
२०७७ माघ १३ गते १८:२५
भन्सार चुहावट रोक्न सहयोग गर्न  निजी क्षेत्रसँग मन्त्री पौडेलको आग्रह

१३ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्नका लागि सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान गर्न माग गर्नुभयो ।

अध्यक्ष गोल्छाले भन्सार प्रणालीलाई सधुार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *