खेलकूद

टोटेनह्याम एफ ए कप फूटबलको पाँचौ चरणमा प्रवेश

हिमालय टिभी
२०७७ माघ १३ गते ७:५७
टोटेनह्याम एफ ए कप फूटबलको पाँचौ चरणमा प्रवेश

१३ माघ २०७७ काठमाडौं । टोटेनह्याम एफ ए कप फूटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

एफ ए कपको चौथो चरण अन्तर्गत गएराति वाइकम्ब वान्डेरेर्समाथि ४–१ को नतिजा निकाल्दै टोटेनह्यामले पाँचौ चरणमा स्थान पक्का पारेको हो ।

घरेलु मैदानमा वाइकम्बले २५औं मिनेटमा फ्रेडको गोलसँगै अग्रता लिएको थियो । तर पहिलो हाफको इञ्जुरी समयमा ग्यारेथ बेलले गोल गर्दै खेल एक(एकको बराबरी गरे ।

त्यसपछि ८६औं मिनेटमा ह्यारी विंक्स तथा ८७ औं अन्तिम समयमा टानगाइ डोम्बेलेले दुई गोल गरेपछि टोटेनह्यामले ४१ को जित निकाल्यो । टोटेनह्यामले पाँचौ चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्