खेलकूद

महिला लिग फूटबलः चन्द्रपुरविरुद्ध चौदण्डीगढी नगरपालिकाको ७–१ गोल अन्तरको जित

हिमालय टिभी
२०७७ माघ १२ गते १७:३७
महिला लिग फूटबलः चन्द्रपुरविरुद्ध चौदण्डीगढी नगरपालिकाको ७–१ गोल अन्तरको जित

१२ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लिग फूटबलमा आज रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सविता राना मगरको ह्याट्रिक मद्दतमा चन्द्रपुरले चौदण्डीगढीलाई ७–१ गोल अन्तरले हराएको हो । चन्द्रपुरको दिल कुमारी राना मगरले दुई तथा रजनी थोकर र सुनिता भोलानले पनि एकएक गोल गरे ।

खेलमा अग्रता भने चौदण्डीगढीले लिएको लियो । सरस्वती चौधरीले डिबक्स लाइनमा दिएको पासलाई अन्जना थुलुङले गोल गरिन् । तर प्रतिस्पर्धात्मक पहिलो हाफको इन्जुरी समयमा दिल कुमारी मगरले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन ।

दोस्रो हाफमा भने चन्द्रपुरले एकतर्फी रुपमा गोल थप्यो । ४७ औं मिनेटमा रजनी थोकरले चन्द्रपुरलाई अग्रता दिलाइन् । त्यसको चार मिनेटपछि सविता रानामगरले गोल गरिन् । ६९ औं र ७८ औं मिनेटमा सविताले नै लगातार गोल गरेर ह्याट्रिक पुरा गरिन् ।

पहिलो खेलमा एपीएफसँग ६(० अन्तरले हारेको चन्द्रपुरले ३ अंक जोडेको छ । प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्