आर्थिक

कुमारी बैंकद्वारा दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड नाफा आर्जन

हिमालय टिभी
२०७७ माघ १२ गते १३:५५
कुमारी बैंकद्वारा दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड नाफा आर्जन

१२ माघ २०७७ काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो पोहोरको तुलनामा ५१ दशमलव ५ प्रतिशत अर्थात ४१ करोड रुपैयाँ धेरै हो । गत आर्थिक वर्षको ६ महिनामा कुमारी बैंकले ८० करोड ३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धिसँगै बैंकको खुद नाफा बढेको हो ।

बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफा साढे ५१ प्रतिशत बढेको हो । १३ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कुमारी बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड रुपैयाँ छ ।

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा कायम भएको छ । पुस मसान्तसम्ममा कुमारी बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *