राजनीति

ओली समूहले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक नहुने प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १३:०२
ओली समूहले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक नहुने प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक नहुने टिप्पणी गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले तीन दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीको जवाफ दिनुभएको हो । ओलीले जति ठूलो सभा गरेपनि त्यो अर्थहीन भएको प्रचण्डको दावी छ ।

माघ ९ गते प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको सभालाई प्रधानमन्त्री ओलीले ‘खुट्टी देख्दै चाल पाइयो भन्दै २३ गते ठूलो सभा गरेर देखाइदिने’ बताउनुभएको थियो । गलत नीतिका कारण नेपालमा केशरजंग रायमाझी बदनाम भएको र ओली पनि त्यही दिशामा गएको प्रचण्डले टिप्पणी गर्नुभयो ।

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीले चुनाव गराउनका लागि संसद भंग नगरेको भन्दै भ्रममा नपर्न अपील गर्नुभयो । ओली संकटकाल लगाएर भए पनि सत्तामा टिक्न चाहेको उहाँले आरोप लगाउनुभयो ।

ओली एक्लिदै गएको र प्रतिनिधिसभा पुनर्स्थापना हुने पनि नेपालको दावी छ ।

अध्यक्ष प्रचण्ड र नेपालले ओलीको प्रतिगमनविरुद्ध सशक्त प्रतिकारमा उत्रिन पनि नेता कार्यकर्तालाई अपील गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्