खेलकूद

फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

हिमालय टिभी
२०७७ माघ १२ गते ८:४१
फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

१२ माघ २०७७ काठमाडौं । स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ ।

भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताउनुभयो ।

प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले जानकारी दिनुभयो ।

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्