प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

१२ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा पुलिस क्लब र प्रदेश(२ भिड्ने भएका हुन् । समूह ए अन्तर्गत एपीएफ र आर्मी आमनेसामने हुँदैछन् ।
तीन खेलमा अपराजित एपीएफ तालिकाको शीर्ष स्थानमा रहँदा समान तीन खेल खेलेको आर्मीले पनि सबै खेल जित्दै दोस्रो स्थानमा छ । दुबै टोली सेमिफाइनल पुगिसकेकाले आजको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल खेल बिहान नौ बजे हुनेछ ।
यस्तै समूह बी मा पुलिस र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको पुलिसले दुई खेल जित्दा तीन खेल खेलेको प्रदेश(२ अझै जितविहीन छ । यस समूहबाट बागमती प्रदेश समूह विजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ ।
आज पुलिसले जिते उपविजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित पार्नेछ तर पराजित भए लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ । चार खेलमा लुम्बनीको पाँच तथा एक खेल कम खेलेको पुलिसको चार अंक छ । मूलपानी क्रिकेट मैदानमा खेल बिहान नौ बजे शुरु हुनेछ ।
प्रतिक्रिया