१२ माघ २०७७ काठमाडौं । संसद विघटन गरेपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फरक विचार राख्नेहरुप्रति अमर्यादित र अराजनीतिक टिप्पणी गरिरहनु भएको छ ।
प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति पदीय मर्यादा र लोकतान्त्रिक पद्धतिको न्यूनतम मान्यताभन्दा बाहिरको भएको विश्लेषकको बुझाइ छ ।
यसै सन्दर्भमा हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई प्रधानमन्त्री ओलीले आफूबाहेक अरु सबै गलत भन्ने अभिव्यक्ति किन दिइरहनु भएको होला ? भनेर सोधेका छौं–