आर्थिक

चितवनमा मह उत्पादन घट्दै

हिमालय टिभी
२०७७ माघ ११ गते १४:३९
चितवनमा मह उत्पादन घट्दै

११ माघ २०७७ चितवन। पछिल्लो समयमा चितवनमा महको उत्पादन घट्दै गएको छ ।

चितवनमा २०७५ सालमा ८ सय मेट्रिक टन मह उत्पादन भएकोमा २०७६ मा घटेर ५ सय मेट्रिक टनमा झरेको छ ।

यो वर्ष मह उत्पादन अधिकतम् ३ सय मेट्रिक टन मात्र हुने आँकलन गरिएको नेपाल मौरीपालन व्यवसायी महासंघका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तीन वर्ष पहिले नेपालमा कुल उत्पादनको ७० प्रतिशत मह चितवनबाट नै उत्पादन हुने गर्दथ्यो । चितवनको उत्पादन घटेर अहिले ४० प्रतिशत पुगेको छ । पछिल्ला वर्षमा दाङमा मह उत्पादक किसान बढ्दै गएका छन ।

चिउरीसहित अन्य जंगली फूलबाट ७० प्रतिशत र तोरीसहित अन्य बालीबाट ३० प्रतिशत मह उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *