स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड विजयी
११ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड विजयी भएको छ ।
ला लिगा अन्तर्गत गएराति दोस्रो स्थानको रियलले अलाभेसमाथि ४–१ को जित निकालेको हो । अवे मैदानमा रियलले १५औं मिनेटमा काशिमिरोको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि ४१औं मिनेटमा करिम बेञ्जिमाले र पहिलो हाफको इञ्जुरी समयमा इडेन हजार्डले गोल गरेपछि रियलले खेलमा ३–० को अग्रता बनायो ।
अलाभेसका लागि ५९औं मिनेटमा पेरेजले गोल गरेपछि खेल ३–१ को स्थितीमा पुग्यो । तर ७० औं मिनेटमा बेञ्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल समग्रमा ४–१ गोलले विजयी भएको हो ।
जितपछि दोस्रो स्थानको रियलले १९ खेलबाट ४० अंक जोडेको छ । उता शीर्ष स्थानको एट्लेटिको मड्रिडको १७ खेलबाट ४४ अंक छ ।
यस्तै ला लिगाकै अर्को खेलमा सेभियाले काडिजलाई ३–० गोलले हरायो । त्यस्तै रियल सोसिडाड र रियल बेटिसले २२ तथा भिल्लारियाल र ह्यूस्का गोलरहित बराबरीमा रोकिए ।
प्रतिक्रिया