समाज

कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ १० गते १३:२०
कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

१० माघ २०७७ कावासोती । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका(८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *