खेलकूद
फ्रेन्च लीग वान फूटबलमा मोन्टपिलरमाथि पीएसजीको शानदार जित
२०७७ माघ १० गते ७:३१
१० माघ २०७७ काठमाडौं । फ्रेन्च लीग वान फूटबलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) को विजयी यात्रा जारी छ ।
लीग वान अन्तर्गत गएराति शीर्ष स्थानको पीएसजीले मोन्टपिलरमाथि ४–० को शानदार जित निकालेको हो । घरेलु मैदानमा पीएसजीले ३४ औं मिनेटमा केलियन एमबाप्पेको गोलसँगै अग्रता बनायो ।
त्यसपछि ६० औं नेइमारले उसको अग्रता दोब्बर पारे । लगत्तै पीएसजीका लागि ६१ औं मिनेटमा माउरो इकार्डीले र ६३ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४–० ले विजयी भएको हो ।
यसअघि खेलको १९ औं मिनेटमै जोनस ओम्लिन रातो कार्ड पाएर बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ । त्यस्तै लिले दोस्रो स्थानमा रहँदा पराजित मोन्टपिलर एघारौं स्थानमा छ ।
प्रतिक्रिया