राजनीति

यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते २०:३७
यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको प्रदर्शन (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विशाल जनप्रदर्शन र सभा गरेको छ । जनप्रदर्शनका लागि काठमाडौं उपत्यकाबाहिरबाट पनि उल्लेख्य संख्यामा मानिस ल्याइएको थियो । प्रदर्शनमा दशौ हजारको सहभागिता थियो । बिहान ११ बजेबाट विभिन्न स्थानबाट निस्किएका जुलुसका कारण दिनभर उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको थियो ।

संसद विघटन भएको एक महिनापछि नेकपाको प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गर्‍यो ।

जसको उद्देश्य संसद पुनर्स्थापनाका लागि दबाब दिनु हो । किनकी सानो तिनो दबाबले प्रधानमन्त्री केपी शर्मा ओली नझुक्ने उसको निष्कर्ष छ । त्यसैले प्रचण्ड नेपाल समूहले शुक्रबार दशौं हजारलाई सडकमा उतार्‍यो ।

त्यसैले जनआन्दोलनको झल्को दिने गरी उसले काठमाडौंका विभिन्न ठाउँबाट जुलुश निकाल्यो । जहाँ सामान्य नागरिकको समेत सहभागीता थियो ।

काठमाडौंका विभिन्न नौ ठाउँ माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुश निस्कदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सडकमै उत्रेर जुलुशको नेतृत्व गरे ।

सडकमा उत्रेका समर्थक र कार्यकर्ता संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबाट निकै आक्रोशित छन । र, उनीहरुको दावी छ– संसद विघटनको प्रतिगामी कदम सच्याई छाडिनेछ ।

जबसम्म संसद पूनस्थापना हुँदैन तबसम्म लड्न पनि उनीहरु तयार छन । संसद विघटन मात्रै होइन, ओली सरकारको समग्र कामप्रति नै उनीहरुको असन्तुष्टि छ । जन अपेक्षा अनुसार काम नभएको उनीहरुको गुनासो छ । त्यसैले उनीहरुलाई लागेको छ–ओलीलाई हटाउनुपर्छ ।

यो शक्ति प्रदर्शनले ओली सरकारमाथि दबाब पर्छ पर्दैन त्यो भने पछि नै थाहा हुनेछ । तर ओली सरकारको कदमप्रति नागरिकको असन्तुष्टि भने बढ्दै गएको देखिएको छ । प्रचण्ड नेपाल समूहको प्रदर्शनमा देखिएको सहभागिताले त्यही बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्