खेलकूद

बर्नलीसँग साविक विजेता लिभरपुल १–० ले स्तब्ध

हिमालय टिभी
२०७७ माघ ९ गते ८:००
बर्नलीसँग साविक विजेता लिभरपुल १–० ले स्तब्ध

९ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल पराजित भएको छ ।

बर्नलीले साविक विजेता लिभरपुललाई १–० गोलले स्तब्ध बनाएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा बर्नलीका लागि एस्ले वार्नेसले निर्णायक गोल गरेका थिए । उनले ८३औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यससँगै लिभरपुलको घरेलु मैदानमा ६८ खेलसम्म अपराजित यात्रामा पूर्णविराम लागेको हो । त्यस्तै एनफिल्डमा बर्नलीले सन् १९ सय ७४ पछि पहिलो जित निकालेको छ।

त्यस्तै यसअघि सन् २ हजार १७ मा लिभरपुल घरेलु मैदानमा क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।

हारका बावजूद १९ खेलबाट ३४ अंकसहित लिभरपुल तालिकाको चौथो स्थानमा रहँदा १८ खेलबाट १९ अंक जोड्दै बर्नली १६औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्