खेलकूद

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै

हिमालय टिभी
२०७७ माघ ९ गते ७:५५
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै

९ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले विजयी यात्रा जारी राखेको छ ।

ला लिगा अन्तर्गत एट्लेटिकोले गएराति इबरमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा इबरले १२औं मिनेटमा मार्को डोमिट्रोभिकको गोलसँगै अग्रता लिएको थियो ।

तर त्यसछि लुईस स्वारेजले लगातार दुई गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित पारे । उनले ४०औं मिनेटमा पहिलो र ८९औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए । शीर्ष स्थानको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ ।

दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक छ । पराजित इबरले १९ खेलबाट १९ अंक जोडेको छ । ला लिगाकै अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले एक(एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्