खेलकूद

म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ माघ ८ गते ८:०२
म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

८ माघ २०७७ काठमाडौं । फुलह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगमा शीर्ष स्थानमा उक्लिएको छ ।

पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ ले हराएको हो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमै लुकम्यानले गोल गरे ।

म्यानयुका लागि खेलको २१ औं मिनेटमा काभानीले बराबरी गोल गरे भने ६५औं मिनेटमा पोग्बाले विजयी गोल गरे । जितसँगै ४० अंकसहित म्यानयु लीगको शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३८ अंक छ । १८ अंकसहित फुलह्याम रेलिगेसनमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २० ले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्