मालपोत सुर्खेतका अधिकांश कर्मचारी विदामा, सेवाग्राहीले गरे कार्यालय घेराउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ७ गते १९:००
मालपोत सुर्खेतका अधिकांश कर्मचारी विदामा, सेवाग्राहीले गरे कार्यालय घेराउ (भिडियोसहित)

७ माघ २०७७ सुर्खेत । सेवाग्राहीले सुर्खेतस्थित मालपोत कार्यालय घेराउ गरेका छन् । कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोकेका छन् ।

केहीदिन अघि जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका लागि आफू पनि तानिन सक्ने भन्दै धेरैजसो कर्मचारी विदामा बसेका छन् । जसका कारण काम नभएपछि सेवाग्राही विरोधमा उत्रिएका हुन् । सेवाग्राहीले छिटोछरितो र सकेसम्म एकै दिनमा काम सक्ने वातावरण बनाउन माग गरेका छन् ।

जग्गा किनबेचको अनुसन्धानमा तानिन सक्ने मनोवैज्ञानिक त्रासले धेरै कर्मचारी विदामा बस्दा कामको चाप बढेको छ । एउटै कर्मचारीले धेरै फाँटमा काम गर्नुपर्ने अवस्था रहेको उनीहरुले गुनासो गरेका छन् ।

कर्मचारी विदामा बसेकाले जग्गा रोक्का, कित्ताकाट, नामसारीलगायतका कामका लागि सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *