आर्थिक

आर्थिक सूचक सकारात्मक रहेको अर्थमन्त्री पौडेलको दाबी

हिमालय टिभी
२०७७ माघ ७ गते १८:४२
आर्थिक सूचक सकारात्मक रहेको अर्थमन्त्री पौडेलको दाबी

७ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका आर्थिक सूचक सकारात्मक रहेको बताउनुभएको छ ।

कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले कोरोनाका कारण राजस्व परिचालनमा केही समस्या देखिए पनि अन्य क्षेत्रमा आर्थिक सूचक सकारात्मक रहेको दाबी गर्नुभयो ।

गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र वित्तीय क्षेत्रलाई विशेष रुपमा समेट्ने भएकाले बढीभन्दा बढी विद्युतीय कारोवार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले उच्चमूल्य प्राप्त हुने फलफूल र गाईभैंसी फार्ममा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

बैंकले उत्पादन र उत्पादकत्व बढाउनेतर्फ काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *